कास्कीको रुपामा चट्याङ लागेर कार्यपालिका सदस्य घर्ती घाईते

पाेखरा | असोज ९, २०८१

कास्कीको रुपामा चट्याङ लागेर कार्यपालिका सदस्य घर्ती घाईते

पोखरा:   रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाईते भएकी छिन् । मंगलवार विहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ बर्षीय कृष्णकुमारी घर्ती घाईते भएकी हुन् । 
    

रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्याङले वाँयाहातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।
    

उपचारपश्चात नयाँबजारस्थित छोरी रचना थापाको कोठामा आराम गर्दै आएकी छिन् । उनका अनुसार अहिले चट्याङको कारण वाँयाहातले राम्रो काम गरेको छैन र शरिरको एक हर सहनै नसक्ने गरि पोल्दछ ।
 

धारामा हात धुँन लाग्दा अचानक चट्याङ परेपछि थाहै नपाईकन घर भित्र विस्तरामा पुगेछु उनले भनिन् अस्पतालमा उपचार गरेर फर्केपछि अहिले पनि हात बढी पोल्दा घरको वरन्डामा राखेको मार्वल माथि राख्दै आएको छु चिसोले केही हदसम्म भएपनि आराम हुन्छ ।


रुपा गाउँपालिका वडा नं. ७ को भुमेकोटमा नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा बढी चट्याङ पर्ने गरेको स्थानीयवासिन्दाको गुनासो रहेको छ । चट्याङले रामकोटस्थित स्वास्थ्यचौकीमा समेत क्षेती पुगेको छ ।
 
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्